काठमाडौं । कृष्ण जन्माष्टमीको अवसरमा सोमबार देशभर कृष्ण मन्दिरहरूमा भक्तजनको घुइँचो थियो । तर, भक्तपुरमा विशेष तरिकाबाट कृष्ण जन्माष्टमी मनाइएको छ । हरेक वर्षझैँ यसपटक पनि कृष्ण जन्माष्टमीको दिन भक्तपुरमा दीप प्रज्वलन यात्रा निकाएको छ ।
बाजागाजासहित निकालिने दीप प्रज्वलन यात्रामा महिलाहरू परम्परागत नेवारी पोसाक 'हाकु पतासी' तथा पुरुषहरू दौरा सुरुवालमा सजिएका हुन्छन् ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१ २०:०९
प्रतिक्रिया दिनुहोस्