काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको रोष्ट्रम घेराउ गरेको छ । संघीय संसदको अधिवेशन सुरु भएकै दिन शुक्रबार प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै कांग्रेसले रोष्ट्रम घेरेको हो ।
बैठकमा सहकारीपीडितलाई न्याय दिन माग गर्दै कांग्रेसले नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले बैठकलाई अघि बढाउन खोजे । त्यसपछि खोजेपछि कांग्रेसका सांसदहरूले नाराबाजीसहित रोष्ट्रम घेरेका हुन् ।
संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने कांग्रेसको माग छ । तर, नाराबाजी भइरहेका बेला सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन थालेपछि कांग्रेसका सांसद रोष्ट्रम घेराउ गरेका हुन् । त्यसपछि समामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । स्थगित भएको केहीबेरमा सुरू भएको बैठकमा पनि कांग्रेसले नारावाजी गरेपछि जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।