काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि देशभर एसईई सुरु भएको हो । ८ बजेदेखि सुरु भएको परीक्षा बिहान ११ बजेसम्म ३ घण्टा सञ्चलन हुनेछ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा रहेको छ ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी छन् ।
परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।
एसईई आजदेखि, नयाँ निर्देशिकाअनुसार कसरी छुट्याइन्छ जीपीए र ग्रेड ?
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८० ०८:४७
प्रतिक्रिया दिनुहोस्