site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
जब धनगढीले वीरगन्जलाई हरायो (तस्बिरहरू)

काठमाडौं । साविक उपविजेता धनगढी एफसीले ‘डेब्युट्यान्ट’ वीरगन्ज युनाइटेड एफसीविरुद्ध २–१ को जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा सुखद् सुरुआत गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा धनगढीलाई जित दिलाउन फोडे फोफाना र अहमद हिजाजीले गोल गरे । वीरगन्जका हान्स कोफीले गोल गरे पनि टिमको हार टार्न भने सकेनन् ।

NSL-2-1701002662.jpg

Prabhu Bank
Agni Group
NIC Asia

खेलको दोस्रो मिनेटमै फोफानाले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । अफिज ओलावालेको क्रसमा पेनाल्टी बक्सभित्र ‘अनमार्क’ रहेका फोफानाले वान टच ‘फिनिसिङ’ दिए ।

गोल बेहोरेपछि लगातार आक्रमण बुने पनि वीरगन्जले पहिलो हाफमा बराबरी गोल भेट्टाउन इन्जुरी समय कुर्नुपर्यो । पहिलो हाफको इन्जुरी समयमा हान्स कोफीले पेनाल्टीमा गोल गर्दै वीरगन्जलाई खेलमा फर्काएका थिए । १८ यार्ड बक्सभित्र धनगढीका डियाग्ने फालोउको ह्यान्ड भएपछि वीरगन्जले पेनाल्टीको अवसर पाएको थियो । जसमा कोफीले कुनै गल्ती गरेनन् ।

Global Ime bank

NSP-1701002662.jpg

तर, अन्तिम दुई मिनेट सम्हालिन नसक्दा वीरगन्जले अंक गुमाउन पुग्यो । ८९औँ मिनेटमा अहमद हिजाजीले गोल गर्दै धनगढीलाई पुनः अग्रतामा राखेका थिए । कृतिशरत्न छुन्जुले पेनाल्टी बक्सबाहिरबाट निकालेको बललाई हिजाजीले पहिलो टचमा दुई डिफेन्डरलाई पछि पार्दै दोस्रो टचमा सुन्दर गोल गरे ।

त्यसअघि, दुवै टिमले गोलका केही अवसर खेर फालेका थिए । नवौँ मिनेटमा वीरगन्जले खेललाई बराबरीमा ल्याउने अवसर गुमायो । विलियम ओपकु अ‍ैसेडुको प्रहार रक्षक रिचार्ड ओसेइ अक्ष्वेमाङलाई लाग्दै बाहिरिएपछि धनगढीको खतरा टरेको थियो ।

१३औँ मिनेटमा वीरगन्ज पुनः गोल गर्नबाट चुक्यो । बक्सभित्र अभिषेक गुरुङलाई बिट गर्दै विशोन गुरुङले गरेको प्रहार गोल बाहिरिन पुग्यो । २६औँ मिनेटमा वीरगन्जले तेस्रो अवसर गुमायो । तेज तामाङको कर्नरमा अ‍ैसेडुको फ्री हेडरले पोस्टको दिशा लिन सकेन ।

Dhangadhi-vs-Birgunj-(4)-1701008135.jpg

५८औँ मिनेटमा धनगढीका आशिष चौधरीले अग्रताको सुनौलो अवसर खेर फाले । आफिज ओलावालेले मध्यभागबाट निकालेको बल आशिषले एक्लै बढाए पनि वान भर्सेस वानमा वीरगन्जका गोलकिपरलाई बिट गर्न सकेनन् ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् । प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

Dhangadhi-vs-Birgunj-(3)-1701008135.jpg

प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

Dhangadhi-vs-Birgunj-(9)-1701008138.jpg

Dhangadhi-vs-Birgunj-(10)-1701008138.jpg

Dhangadhi-vs-Birgunj-(8)-1701008137.jpg

Dhangadhi-vs-Birgunj-(7)-1701008137.jpg

Dhangadhi-vs-Birgunj-(5)-1701008136.jpg

Dhangadhi-vs-Birgunj-(6)-1701008136.jpg

Dhangadhi-vs-Birgunj-(1)-1701008135.jpg

Dhangadhi-vs-Birgunj-(2)-1701008135.jpg

Dhangadhi-vs-Birgunj-(20)-1701008306.jpg

Dhangadhi-vs-Birgunj-(19)-1701008305.jpg

Dhangadhi-vs-Birgunj-(18)-1701008304.jpg

Dhangadhi-vs-Birgunj-(17)-1701008303.jpg

Dhangadhi-vs-Birgunj-(16)-1701008301.jpg

Dhangadhi-vs-Birgunj-(11)-1701008296.jpg

Dhangadhi-vs-Birgunj-(12)-1701008296.jpg

Dhangadhi-vs-Birgunj-(13)-1701008296.jpg

Dhangadhi-vs-Birgunj-(14)-1701008297.jpg

Dhangadhi-vs-Birgunj-(15)-1701008300.jpg

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  २०:०५
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्