site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'कोसी' नामविरुद्ध पहिचानवादीको विरोध (तस्बिरहरू)

विराटनगर । कोसी नाम खारेज गर्न माग गर्दै पहिचानवादीले मंगलबार मोटरसाइकल र्‍याली र विरोधसभा आयोजना गरेका छन् । सुनसरीको इटहरीबाट निकालिएको र्‍याली विराटनगरको महेन्द्र चोकमा पुगेर विरोधसभामा परिणत भएको हो ।‌

प्रदेश सभाबाट गएको फागुन १७ गते कोसी नामकरण भएसँगै पहिचानवादीको घटकले विरोध गरिरहेको छ । पुनः नामकरण नहुँदासम्म आन्दोलन जारी रहने पहिचानवादीको अडान छ । 

Anti-Koshi-(12)-1695119199.jpg

Prabhu Bank
Agni Group
NIC Asia

विरोधसभामा बोल्दै जनमुक्ति पार्टीका महासचिव पदमा जबेगुले भने, "आफ्नो ३० दिनमात्र आयु भएको सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । शक्ति उन्माद त्यागेर पहिचानवादीको माग पूरा गर्नुहोस ।"

उनले आफूहरूको आन्दोलन कुनै जातिविरुद्ध नभएर पहिचानका लागि भएको जिकिर गरे ।

Global Ime bank

कार्यक्रका सहभागीले नामकरणमा मतदान गर्ने ८२ जना सांसदविरुद्ध नाराबाजी गरेका थिए । 

Anti-Koshi-(11)-1695119198.jpg

कार्यक्रममा दलित अभियन्ता नरेश विश्वकर्मा, जसपा किरात समितिका रमेश राई, पहिचानवादी नेता कमल तिगेला, लाक्पा शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका प्रदेश उपाध्यक्ष युवराज जिरेललगायतले मन्तव्य राखेका थिए ।‌ वक्ताले आफूहरू गणतन्त्र विरोधी नभएको पनि बताएका थिए । 

Anti-Koshi-(9)-1695119194.jpg

यसअघि पहिचानवादीको युवा दस्ताले झापाको बिर्तामोडमा प्रदर्शन गरेका थिए ।‌ पहिचानवादीले आन्दोलन गर्ने भएपछि स्थानीय प्रशासनले प्रदेश राजधानी विराटनगरका विभिन्न भागमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

Anti-Koshi-(8)-1695119191.jpg

Anti-Koshi-(7)-1695119190.jpg

Anti-Koshi-(6)-1695119186.jpg

Anti-Koshi-(5)-1695119185.jpg

Anti-Koshi-(4)-1695119182.jpg

Anti-Koshi-(3)-1695119181.jpg

Anti-Koshi-(2)-1695119176.jpg

Anti-Koshi-(1)-1695119176.jpg

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १६:१४
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्