
काठमाडौं । प्रचण्ड गर्मीकाबीच माइतीघर मण्डलामा अहिले विभिन्न समूहले विरोध प्रदर्शन गरिरहेका छन् ।
बुधबार पनि माइतीघर पुग्दा निकै भिडभाड देखिन्थ्यो । देशका विभिन्न स्थानबाट विभिन्न समस्या बोकेर आएका पीडितहरूले आन्दोलन गरिरहेका छन् ।
राजावादी, सहकारी पीडितदेखि नागरिकता नपाएकाहरूले विरोधका विभिन्न कार्यक्रम गरिरहेका छन् ।
आजैमात्र विद्यालयका शिक्षक तथा कर्मचारीहरू पनि आन्दोलन गर्दै माइतीघर पुगेका थिए ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० १८:१८
प्रतिक्रिया दिनुहोस्