site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
“‘लुट–२’ ले १७ करोड कमाउँछ”
Ghorahi CementGhorahi Cement

बहुप्रतिक्षित नेपाली चलचित्र ‘लुट–२’ यही फागुन १३ गतेबाट प्रदर्शनमा आउँदैछ । चार वर्षपछि ‘लुट’ को सिक्वेलका रूपमा आउन लागेको चलचित्रमा अधिकांश कलाकार पुरानै छन् । सौगात मल्ल, दायहाङ राई, कर्मा शाक्य, सिर्जना सुब्बा, ऋचा शर्मा आदि चलचित्रका मुख्य पात्र हुन् । ‘लुट’ मा हाकुले बैंक लुटपाटमा आफ्नो ग्याङलाई धोका दिएर अर्कै ग्याङसँग मिलेपछि जेल परेका गोफ्लेसहितका चार जना जेल पर्छन् । जेलबाट छुटेपछि उनीहरूले लिएको बदलाको भवना नै ‘लुट–२’ को ‘लगलाइन’ रहेको बताइएको छ । यसै विषयमा उक्त चलचित्रका निर्माता माधव वाग्लेसँग गरिएको कुराकानीः   

के गर्दै हुनुहुन्छ आजकल ?
अहिले ‘लुट–२’ को प्रचारप्रसारमा व्यस्त छु । यही फागुन १३ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ । यसकै काममा व्यस्त छु ।

कस्तो खालको चलचित्र हो ‘लुट–२’ ?
सन् २०१२ मा प्रदर्शन भएको ‘लुट’ को सिक्वेल हो । अहिले ०१७ भयो, अहिलेसम्म आउँदा के फरक भयो सामाजिक परिवेश त्यही कथा छ । ‘लुट’ मा हाकु काले गल्लीको डन थियो । ‘लुट–२’ मा सहरको डन भइसकेको छ । ‘लुट’ मा चार जनालाई जेलमा हालेर अर्कै टोलीसँग मिलेर बैंक लुटेर फरार भएको हाकुसँग गोफ्लेहरुले कसरी बद्ला लिन्छन्, त्यही नै ‘लुट–२’ को केन्द्रिय कथा हो । रिभेन्ज स्टोरी हो यो । कथा कसरी अगाडि बढ्छ, त्यो भने फिल्म नै हेर्नुपर्छ ।

Agni Group

कथावस्तुमा केही ट्वीस्ट पनि गर्नुभएको छ कि सिक्वेलकै रूपमा अगाडि बढ्छ ?
सिक्वेल नै भएकाले त्यति धेरै फरक छैन । चारजना जेलबाट छुटिसकेपछि उनीहरुले के गर्छन्, त्यही नै चलचित्रमा देखाइएको छ । टाइम फ्रेम फरक छ । मेकिङको हिसाबले चलचित्र उत्कृष्ट छ । साउथ इन्डियनजस्तो पनि लाग्न सक्छ । ‘लुट’ हेरेर मन पराउनु भएका चलचित्रले यो चलचित्र पनि मन पराउनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।

धेरै सिक्वेल चलचित्र अघिल्लो भन्दा नराम्रा भएका हाम्रै चलचित्र उद्योगमा थुप्रै उदाहरण छन् नि ?
हो । तर सधैँ एकै हुन्छ र इतिहास दोहोरिन्छ भन्ने पनि छैन नि हैन ? हामीले चलचित्र बनाउन हतार गरेका छैनौं । चार वर्ष लगाएर स्क्रिप्ट तयार पारेका छौं । मेकिङमा ध्यान दिएका छौं । अभिनयका हिसाबले पनि राम्रा अभिनेता÷अभिनेत्री लिएका छौं । त्यसलै पनि चलचित्र राम्रो बनेको छ भन्ने हामी विश्वास दिलाउन सक्छौं । ट्रेलर राम्रो बनेको छ यो पनि चलचित्र राम्रो बनेको भन्ने विश्वास गर्ने एउटा आधार हो ।

Global Ime bank

कति चलचित्र ट्रेलर हेर्दा राम्रा तर फिल्म झुर पनि छन्, लुट पनि कतै त्यस्तै त हैन ?
हैन । कुनै पनि हातलमा त्यस्तो हुँदैन । केही चलचित्र आशा गरे अनुसार राम्रो बनेनन् होला त्यो अलग कुरा हो । ‘लुट’ र छड्केबाट मैले भोगिसकेको छु । मेरो प्रोडक्सनबाट यस्तो हुँदैन । मेरो अहिलेसम्मको अनुभवले भने त्यसो भन्दैन । ट्रेलर हेरेर हल जाँदा धोका हुँदैन । चलचित्र राम्रो छ, त्यही भनेर हामीले यसबाट राम्रो अपेक्षा पनि गरेका छौं ।  

कति ग्रस कलेक्सनको अपेक्षा गर्नुभएको छ ?
मैले अपेक्षा गर्न त पाउँछु नि हैन ? ‘छक्का पञ्जा’ले १६ करोड कमायो । हाम्रो चलचित्रले १७ करोड कमाएर रेकर्ड तोड्नुपर्छ । नेपाली चलचित्रले पनि राम्रो व्यापार गर्नुपर्छ भन्ने हो । इनिसियल राम्रो जाने चलचित्र हो यो । सुरुको पहिलो हप्ता ‘लुट–२’ को टिकट सहजै पाइँदैन । हलहरु हाउसफुल हुन्छन् भन्ने हाम्रो अपेक्षा हो ।

तपाईं आफ्ना प्रत्यक चलचित्रको प्रिमियर गर्ने भए पनि ‘लुट–२’ को प्रिमियर किन नगर्ने हुनुभयो ?
यसको एउटै कारण भनेको हल क्षमता कम हुनु हो । ५०० भन्दा बढी क्षमताका हल हामीसँगै छैनन् । बहुप्रतिक्षित चलचित्र भएकाले ५०० भन्दा धेरै प्रिमियरमा आउने भएपछि नगर्ने भएका हौं । नरेन्द्र महर्जन, निश्चल बस्नेत र म तीन जना त निर्माता मात्रै छौं । हामी एक जनाले कम्तिमा २० वटा पास राख्नुपर्छ । चलचित्रकर्मी, सेलिबे्रटी, कलाकार र पत्रकार गर्दा हलमा नअटाउने भएपछि प्रिमियर नगर्ने निर्णयमा पुगेका छौं ।

केहीले त आफैंले बनाएको चलचित्रमा विश्वास नभएर प्रिमियर नगरेको भन्छन् नि ?
कसले के भन्छ त्यो उसकै कुरा भयो । चलचित्र हामीले बनाएका हौं । राम्रो छ भन्ने हाम्रो अनुभवले बताउँछ । म दशकौंदेखि यो क्षेत्रमा छु । मैले एउटा मात्र चलचित्र बनाउने र यो नै अन्तिम चलचित्र होइन । नराम्रो चलचित्रलाई राम्रो भनेर दर्शकलाई ढाँटेर मैले भोेलि फेरि अरु चलचित्र बनाउनु छैन र ? मेरो पनि विश्वसनीयता र इज्जतको पनि कुरा छ । नराम्रोलाई राम्रो भनेर हिँड्न मेरो नैतिकताले दिँदैन ।

कति देशमा चल्दैछ ?
अमेरिका, अष्ट्रेलिया, इजिप्ट, जापान, कोरिया, हङकङलगायतका देशमा लाग्दैछ । युरोपका देशमा पनि कुरा भइरहेको छ । संसारका धेरै देशमा ‘लुट–२’ लाग्दैछ । यही चलचित्रमार्फत राम्रा नेपाली चलचित्र नियमित रूपमा लाग्ने कुरा पनि छ ।

दर्शकलाई केही भन्नु छ ?
नेपाली चलचित्रलाई नेपाली आँखाले हेरिदिनु गर्छु । यहाँको मौलिक चलचित्र हिन्दी र अंग्रेजी जस्तो हुँदैन । यही मनोविज्ञान बोकेर चलचित्र हेर्नुहुन मेरो अनुरोध पनि छ । हामी जहाँ अन्तर्राष्ट्रिय बजारमा गए पनि नेपाली चलचित्र हेर्ने नेपालीले नै हो । त्यसैले राम्रा नेपाली चलचित्रलाई हेरौं ।

तस्बिरः वाग्लेको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७३  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC