site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सुस्तामा बनेको झोलुंगे पुल (तस्बिरहरू)

काठमाडौं । भारतीय सीमामा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्तामा निर्माण गरिएको नेपालकै लामो झोलुंगे पुलको बिहीबार उद्घाटन गरिएको छ । सुस्ता गाउँपालिका–५, नारायणी नदीमाथि निर्माण गरिएको मल्टिस्पान झोलुंगे पुलको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् ।

एक हजार ५७१ मिटर लामो पुल २० करोड ९३ लाख रुपैयाँमा निर्माण गरिएको हो । झोलुंगे पुल बनेसँगै नवलपरासीको सुस्ता बस्तीमा बिजुली पनि पुगेको छ । नारायणी नदीका कारण खम्बा राख्ने समस्याले यसअघि सुस्तामा बिजुली पुग्न सकेको थिएन । यसबाट सुस्ता बस्तीका झन्डै ३०० परिवार लाभान्वित भएका छन् ।

भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ताका स्थानीय भारतीय भूमि भएर तथा डुंगाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । डुंगा दुर्घटना हुँदा मानवीय क्षति समेत बेहोर्नुपरेको थियो । पुल बनेसँगै उनीहरूलाई धेरै राहत भएको छ ।

Argakhachi Cement Island Ad

पुल उद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए । कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी थिए ।

हेर्नुहोस् तस्बिरहरू

Susta-Bridge-(23)-1727436079.jpg

Susta-Bridge-(17)-1727436076.jpg

Susta-Bridge-(10)-1727436072.jpg

Susta-Bridge-(8)-1727436070.jpg

Susta-Bridge-(9)-1727436071.jpg

Susta-Bridge-(11)-1727436072.jpg

Susta-Bridge-(18)-1727436076.jpg

Susta-Bridge-(22)-1727436078.jpg

Susta-Bridge-(21)-1727436078.jpg

Susta-Bridge-(20)-1727436077.jpg

Susta-Bridge-(15)-1727436074.jpg

Susta-Bridge-(19)-1727436077.jpg

Susta-Bridge-(16)-1727436074.jpg

Susta-Bridge-(12)-1727436073.jpg

Susta-Bridge-(14)-1727436073.jpg

Susta-Bridge-(13)-1727436073.jpg

Susta-Bridge-(7)-1727436070.jpg

Susta-Bridge-(5)-1727436069.jpg

Susta-Bridge-(3)-1727436068.jpg

Susta-Bridge-(6)-1727436069.jpg

Susta-Bridge-(4)-1727436068.jpg

Susta-Bridge-(1)-1727436067.jpg

Susta-Bridge-(2)-1727436067.jpg

 

 

 

सुस्ता बस्तीका ३५० परिवारमध्ये २५ प्रतिशतभन्दा बढीसँग नागरिकता र लालपुर्जा नभएको सुस्ता–५ का सदस्य आदम खाँले बताए । वर्षौँदेखि बसोबास गर्दै आए पनि उनीहरुसँग नागरिकता र लालपुर्जा नहुँदा विद्युत् उपभोगबाट वञ्चित रहँदै आएका उनले उल्लेख गरे । रासस

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्