
काठमाडौं । जननिर्वाचित सांसदहरूका गतिविधिलाई मतदाताले नजिकबाट हेरिरहेका हुन्छन् । मतदाताको चाहना हुन्छ– हाम्रा सांसदले संसद्मा सक्रिय भूमिका निर्वाह गरून् ।
तर, विशेष अवस्थाबाहेक कतिपय सांसद संसद्को बैठकमै जाँदैनन् । अझ दलका शीर्ष नेताहरू त आक्कलझुक्कल मात्र संसद् बैठकमा पुग्छन् ।
बैठकमा जानेमध्ये धेरैजसो सांसद बैठककक्षमा कम, ‘क्यान्टिन’तिर बढी भेटिन्छन् । कतिपय सांसद बैठकमा त पुग्छन्, तर आफ्ना कुरा राखेर हिँडिहाल्छन् । बसिहाले पनि उनीहरूको ध्यान अरूको कुरामा सुन्नतर्फ खासै देखिँदैन । बरु मोबाइल चलाउनमा व्यस्त देखिन्छन् ।
थप तस्बिरमा हेर्नुहोस्
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१ १६:४३
प्रतिक्रिया दिनुहोस्