काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेससहितको नयाँ सरकार बनेसँगै नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन सिंहदरबार पुग्नेको भिड लागेको छ । एमाले–कांग्रेसका नेता, कार्यकर्ता खादा, माला लिएर सिंहदरबार पुगेका छन् ।
नेता, कार्यकर्ताहरूको भिडभाडले सिंहदरबारभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
नेपाली कांग्रेस र नेकपा(एमाले) बीचको सहमतिमा सोमबार नयाँ सरकार गठन भएसँगै मन्त्रीहरूलाई बधाई दिन सिंहदरबार प्रवेश गर्नेको भिड बढ्दो छ । अधिकांश मन्त्रीहरूलाई दिनभर माला–खादा लगाउन भ्याइनभ्याइ देखिन्छ । अहिले दैनिक करिब तीन हजारको संख्यामा कार्यकर्ताहरू सिंहदरबार प्रवेश गर्ने गरेको पाइएको छ ।
हेनोस् तस्बिरहरू
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१ १५:४०
प्रतिक्रिया दिनुहोस्