काठमाडौं । काठमाडौंमा सोमबार अपराह्न वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
वर्षापछि शीतल महसुस भएको छ । लामो समय वर्षा नहुँदा तापक्रम निरन्तर उकालो लागिरहेको थियो । आइतबार काठमाडौंको अधिकतम तापक्रम ३३.९ डिग्री सेल्सियस मापन गरिएको थियो । आज घटेर ३०.५ डिग्री सेल्सियस पुगेको छ ।
सोमबार अपराह्न काठमाडौंको सुकेधारासहित उपत्यकाका विभिन्न ठाउँमा केहीबेर वर्षा भएको थियो । एक्कासि ठूलो वर्षा भएपछि सडकहरू जलमग्न बनेका थिए ।
थप तस्बिरमा हेर्नुहोस्
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: सोमबार, असार ३, २०८१ १८:२५
प्रतिक्रिया दिनुहोस्