
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना र उद्धारसम्बन्धी अभ्यास गरेको छ ।
आइतबार दिउँसो विमान दुर्घटनापछि गरिने उद्धारको अभ्यास गरिएको हो । अभ्यासमा नेपाली सेनासहितको टोली थियो । अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँ आउनुका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्सको दौडधुप देखिन्थ्यो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को मापदण्ड तथा एयरपोर्ट इमर्जेन्सी प्लानअन्तर्गत सो कार्यक्रम गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१ १४:४८
प्रतिक्रिया दिनुहोस्