site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सम्पादकसँग शेखरले भने– हरेस खाएको छैन, कांग्रेसको पुरानो साख फर्काएरै छाड्छु

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसको पुरानो साख फर्काएरै छाड्ने बताएका छन् । साप्ताहिक पत्रिकाका सम्पादकहरूसँगको भेटमा नेता कोइरालाले देश र कांग्रेस दुवैको अवस्था अहिले खराब रहेको बताए । तर, आफूले हरेस नखाएको उनको भनाइ छ ।

“अहिले देश र कांग्रेस पार्टीको अवस्था दुवै असाध्यै खराब रहेको छ । संख्यात्मक राजनीतिका कारण सुधारका जति कुरा गरे पनि त्यसको सुनुवाइ पार्टीभित्र हुन सकेको छैन,” कोइरालाले भने, “तर, मैले यसबाट हरेस खाएको छैन । एकदिन कांग्रेस पार्टीलाई पुरानो अवस्थामा ल्याएर एक्लै बहुमत ल्याउन ल्याउन सक्ने बनाउन सक्छु भन्ने विश्वास छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

लोकतन्त्रको लडाइँमा पत्रपत्रिकाको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले अहिले पनि त्यो भूमिका आवश्यक रहेको बताएका थिए । 

उपस्थित सम्पादकहरूले विभिन्न सातवटा विषयमा केन्द्रित हुन सुझाव दिएका थिए । कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रमा सुधार, सैद्धान्तिक दृष्टिकोण मिल्ने पार्टीसँग मात्र सहकार्य, संविधानमा रहेका कमजोरी सुधारसहितका काम नगरे कांग्रेसको अवस्थामा सुधार नहुने उनीहरूको भनाइ थियो । 

Global Ime bank

सम्पादकहरूले कांग्रेसभित्रै लोकतन्त्रको संकट देखिएको बताएका थिए । राजनीतिमा निष्ठा, सिद्धान्त र आदर्श गुमेको अवस्थामा पार्टीमा अनुशासन कायम गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

सत्ता प्राप्तिका लागि जोसँग पनि गठबन्धन गर्ने परिपाटी कांग्रेसले अन्त्य गर्नुपर्ने सम्पादकहरूको तर्क थियो । अस्थिरताको कारक तत्व संविधान रहेको बताउँदै उनीहरूले समानुपातिक प्रणाली खारेज नगरेसम्म देश अगाडि बढ्न नसक्ने बताए ।

अहिले दलहरूले जति माफी मागे पनी जनताले पत्याउने अवस्था नरहेको उनीहरूको भनाइ छ । जनताले बदनामै भए पनि नयाँ खोजिरहेको तर यो लोकतन्त्रका लागि खतरा भएको उनीहरूले बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १९:०६
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्