काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले थालेको पदयात्रा आज हनुमान ढोका आइपुगेको छ । नेपाली सेनाले शान्ति दीपसहित गोरखादेखि काठमाडौं हनुमानढोका पुर्याएको हो ।
हनुमानढोकामा एक कार्यक्रम गरी हनुमानढोकाको श्री शार्दुल जंग गुल्मलाई शान्ति दीप र खण्ड हस्तान्तरण गरिएको छ ।
भोलि पृथ्वी जयन्तीको दिन सो दीप कान्तिपथमा रहेको पृथ्वीनारायण शाहको सालिकमा चढाउने कार्यक्रम छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० २१:२९
प्रतिक्रिया दिनुहोस्