काठमाडौं । फाइनलमा कोसी प्रदेशलाई ११ रनले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले प्रस्तुत गरेको ११५ रनको लक्ष्य पछ्याउने क्रममा कोसीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १०३ रनमात्र बनाउन सक्यो ।
एपीएफले पाँचौँपटक प्रतियोगिताको उपाधि जितेको हो । एपीएफले यसअघि सन् २०१७, २०१८, २०१९ र २०२२ मा प्रतियोगिताको उपाधि जितेको थियो ।
आजै नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी ज्योति पाण्डेले क्रिकेटबाट सन्न्यासको घोषणा गरिन् । प्रतियोगिताको फाइनलपछि ज्योतिले क्रिकेटबाटै सन्न्यासको घोषणा गरेकी हुन् ।
प्रतियोगिताको फाइनलमा एपीएफले कोसी प्रदेशसलाई ११ रनले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । एपीएफले उपाधि जित्दा ज्योति टिमकी महत्त्वपूर्ण सदस्य बनेकी थिइन् ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : हरिशजंग क्षेत्र/बाह्रखरी