site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
जब ललितपुरले धनगढीसँगको भेट पक्का गर्‍यो (तस्बिरहरू)

काठमाडौं । कुशल देउवाको निर्णायक गोलप्रेरित ललितपुर सिटी एफसीले दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध २–१ को जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा स्थान बनाएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अतिरिक्त समयमा कुशलले गरेको गोल निर्णायक बनेपछि ललितपुर रोमाञ्चक जितसहित फाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमै १० खेलाडीमा समेटिएको ललितपुरले नै पहिले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा इमोन इजेकेइलले गोल गर्दै ललितपुरलाई अग्रतामा राखेका थिए । पापा इबोउ केबेले रक्षापंक्तिबाट निकालेको लामो क्रसलाई नियन्त्तणमा लिँदै १० ले दुई डिफेन्डरमाझबाट गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

Lalitpur-NSL-(2)-1703776695.jpg

तर, ७२औँ मिनेटमा स्टेफन कोजो पापा एनोरले गोल गर्दै पोखरालाई खेलमा फर्काए । जोए आइडुले राइट साइडबाट निकालेको क्रसमा बक्सभित्रका पापा एनोरले हेडर गोल गरे ।

Global Ime bank

यसपछि निर्धारित ९० मिनेटमा गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

९९औँ मिनेटमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई पुनः २–१ को अग्रतामा राखेका थिए । ६ यार्ड बक्स नजिकबाट ललितपुरका कप्तान अनन्त तामाङको हेडर पोखराका रक्षकले क्लियर गर्न नसक्दा कुशलले सहजै गोल गरे । कुशलको यही गोल निर्णायक बनेपछि ललितपुरले उपाधिका लागि धनगढी एफसीसँगको भेट निश्चित गर्‍यो ।

Lalitpur-NSL-(5)-1703776696.jpg

त्यसअघि ३४औँ मिनेटमा निखिल सुरेसराओ कदमले दोस्रो पहेँलो कार्डपछि रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा ललितपुर सिटी एफसी पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । पोखराका आयुश घलानमाथि फाउल गरेपछि निखिलले दोस्रो पहेँलो कार्ड पाएका थिए । त्यसअघि उनले २४औँ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए ।

खेलको ६६औँ मिनेटमा खेलका मुख्य रेफ्री नै परिवर्तन भए । खेलको मुख्य रेफ्रीका रूपमा रहेका फिफा रेफ्री नविन्द्र महर्जनको स्थानमा चौथो अफिसियलको रूपमा रहेका राम दासनले त्यसपछिको खेल खेलाएका हुन् । यसपछि महर्जनले चौथो अफिसियलको भूमिका निभाएका थिए ।

Lalitpur-NSL-(4)-1703776696.jpg

एनएसएलमा रेफ्री परिवर्तन भएको यो दोस्रो पटक हो । यसअघि लिग चरणअन्तर्गत धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेलमा रेफ्री परिवर्तन भएको थियो ।

यो जितसँगै अब उपाधिका लागि ललितपुरले प्रतियोगिताको साविक उपविजेतासमेत रहेको धनगढी एफसीसँग खेल्ने छ ।

Lalitpur-NSL-(7)-1703776699.jpg

यसअघि पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै धनगढीले फाइनलमा स्थान बनाएको थियो । पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भए पनि लिग चरणको शीर्ष दुईभित्र अटाएकाले पोखराले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । 

यता, ललितपुरले भने प्लेअफको इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सविरुद्ध ३–० को जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

 

 

 

 

Lalitpur-NSL-(6)-1703776698.jpg

Lalitpur-NSL-(12)-1703776704.jpg

Lalitpur-NSL-(11)-1703776704.jpg

Lalitpur-NSL-(17)-1703776711.jpg

Lalitpur-NSL-(15)-1703776709.jpg

Lalitpur-NSL-(16)-1703776709.jpg

Lalitpur-NSL-(13)-1703776706.jpg

Lalitpur-NSL-(10)-1703776703.jpg

Lalitpur-NSL-(9)-1703776702.jpg

Lalitpur-NSL-(8)-1703776701.jpg

Lalitpur-NSL-(3)-1703776695.jpgSunita-Dangol-1703776946.jpg

Lalitpur-NSL-(14)-1703776706.jpg

Lalitpur-NSL-(1)-1703776919.jpg

Lalitpur-NSL-(19)-1703776918.jpg

Lalitpur-NSL-(20)-1703776918.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २१:१३
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्