
काठमाडौं । नेपाल सुपर लिगमा जारी स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीचको खेल हेर्न पुगेका एकजना फुटबल समर्थक मैदान छिरेका छन् । दशरथ रंगशालामा जारी खेलको ११औँ मिनेटमा ती समर्थक मैदान प्रवेश गरेका थिए ।
उनको दौडिँदै मैदान गएका थिए । जसका कारण खेल एक मिनेट रोकिएको थियो । उनले मैदानमा इलामका फोडे कामारालाई नेपालको झन्डा ओढाएका थिए । उनलाई सुरक्षाकर्मीले मैदानबाट निकालेका थिए ।
हेर्नुहोस् तस्बिरहरू
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १७:३७
प्रतिक्रिया दिनुहोस्