काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुर गुन्डुका महिला मखमली फूलको माला उन्न व्यस्त भएका छन् ।
विशेष गरी भाइटीकाको दिन दिदीबहिनीले आफ्नो दाजुभाइलाई टीकासँगै मखमली फूलको माला लगाइदिने प्रचलन छ ।
तिहारको लागि यस ठाउँमा मखमली फूलको खेती हुने गरेको छ । तिहार आउन महिना दिनअघि नै यहाँ फूलको माला बनाउन सुरु हुने गर्छ ।
त्यस्तै, फूलका व्यापारी पनि गुन्डुमै आएर तिहारको लागि माला लैजाने गरेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८० १२:४५
प्रतिक्रिया दिनुहोस्