site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आन्दोलनरत शिक्षकका माग तत्काल सम्बोधन गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको हो ।

Argakhachi Cement Island Ad

बर्तौलाले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न आग्रह गरेको बताए ।

उनले शिक्षकको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपप्रति ध्यानाकर्षण पनि गराए । "विद्यालय पठनपाठनको सुनिश्चितता अविलम्ब हुनुपर्‍यो । त्यसका लागि अविलम्ब आज बेलुकासम्म सरकारको प्रतिबद्धता सम्बन्धित आन्दोलनरत पक्षसँग हुनुपर्‍यो भनेर आयौँ । उहाँले सकारात्मक ढंगबाट हामीले पहल गर्छौं । कतिपय जायज मागहरू यहाँहरूले दिएको सुझावका आधारमा अघि बढ्न तयार छौँ भन्नुभयो," उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्