site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कमलाको बाध जोगाइँदै (तस्बिरहरू)

जनकपुरधाम । धनुषाको कमला नदीमा बाध कटान हुन थालेपछि मर्मत गर्न थालिएको छ । सुरक्षा निकायसहितको टोलीले तारजालीमा ढुंगा राखेर बाध जोगाउन काम थालेको हो ।

गणेशमान चारनाथ नगरपालिका–७ पोर्तहास्थित पूर्व–पश्चिम राजमार्गभन्दा उत्तर ५० मिटर बाध कटान हुने जोखिम बढेको थियो । त्यहाँ जलसतह बढेपछि बाधमा असर पुर्‍याएको थियो । कमला सिचाइँ व्यवस्थापन कार्यालय पोर्तहा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रही मिलेर बाध मर्मत गरेका हुन् । 

मधेसमा तीन दिनदेखि वर्षा भइरहेको छ । कमला नदीमा चुरे पहाडको पानीसमेत आउने गरेको छ । उदयपुर र सिन्धुलीको पानीले कमलामा पानीको बहाब बढ्ने गरेको छ ।

Kamala River (15)1691577010.jpg

बुधबार धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दहालले जोखिम क्षेत्रमा निरीक्षण गरेका छन् । उनले सबै निकायसँग समन्वय गरेर बाध जोगाउने काम गरिरहेको बताए ।

कमला सिचाइँ व्यवस्थापन कार्यालय पोर्तहाका प्रमुख वीरेन्द्र यादवले बाध कटान भए चारवटा पालिका जोखिममा पर्न सक्ने बताए । उनले बाध पुरानो भएकाले कटान हुने गरेको पनि बताए ।

Kamala River (1)1691577011.jpg

उनका अनुसार बाध ४८ वर्ष पुरानो हो । विसं २०१८ सालदेखि बाध निर्माणको काम सुरु भए २०३२ सालमा पट्ठरा भएको थियो । यद्यपि यसबीचमा बाध मर्मत सम्भारको काम हुने गरेको थियो । साढे १२ हजार हेक्टर धनुषातर्फ र सोही बराबर सिरहातर्फ बाध बाधिएको छ । 

मंगलबार नदीमा डुबेर धनुषामा एकजना किशोरको मृत्यु भएको थियो । दुईजना बेपता भएका थिए । बाध कटान भएकै ठाउँबाट बेपता भएका गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परिवार अझै फेला परेका छैनन् । 

Kamala River (2)1691577014.jpg

Kamala River (4)1691577018.jpg

Kamala River (5)1691577019.jpg

Kamala River (7)1691577022.jpg

Kamala River (6)1691577022.jpg

Kamala River (8)1691577064.jpg

Kamala River (9)1691577065.jpg

Kamala River (10)1691577068.jpg

Kamala River (11)1691577069.jpg

Kamala River (13)1691577072.jpg

Kamala River (12)1691577072.jpg

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्