
काठमाडौं । कोरियाबाट भिसा अवधि सकिएर नेपाल फर्किएकाहरूले फेरि रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर माइतीघरमा प्रदर्शन गरेका छन् ।
सोमबार कोरिया रिटर्नीहरूले ईपीएस नेपालविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । ईपीएस नेपालले यसअघि आफूहरूसँग गरेको लिखित प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने माग उनीहरूको छ ।
उनीहरूले 'जी टू जी'को माध्यमबाट कोरिया पठाउनुको साटो भाषा परीक्षाको 'नाटक' बन्द गर, भाषा पास गरेका हजारौँको भविष्य बर्बाद नगर, विभेदकारी ईपीएस सिस्टम बन्द गरसहितका नारा लगाएका थिए ।
उनीहरूले आफूहरूका माग पूरा नभए ईपीएस नेपालको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी पनि दिएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १९:०६
प्रतिक्रिया दिनुहोस्