काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको भन्दै महानगरले बुधबार डोजर चलाएको हो ।
सदनले बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालयसहितका संरचना बनाएको थियो । सदनले केही सटर भाडामा दिएको थियो । उनीहरू बिचल्लीमा परेका छन् ।
यसअघि महानगरपालिकाले सदनलाई तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।
तस्बिरहरू : हरिशजंग क्षेत्र/बाह्रखरी
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० १६:२३
प्रतिक्रिया दिनुहोस्