काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा मागेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको स्वाभिमानमाथि आघात पुर्याएको आरोप लगाउँदै राजीनामा मागेको हो ।
संसद्मा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिले सिंगो नेपालको मन रोएको र स्वाभिमान गिरेको बताए ।
एमालेको अवरोधका कारण संसद् बैठक आधि घण्टाका लागि स्थगित भएको छ ।
प्रधामन्त्रीले गएको सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन भारत गएको भन्ने अभिव्यक्ति दिएका थिए ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८० १६:४५
प्रतिक्रिया दिनुहोस्