काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि निवारण तथा सडक दुर्घटना उद्धारसम्बन्धी प्रतिकार्य अभ्यासको प्रदर्शनी गरेको छ ।
प्रदर्शनीमा ग्यास लिक हुँदा, अति प्रज्वलनशील पदार्थ लिक भएर आगलागी हुँदा, घरमा हुने आगलागी र सडक दुर्घटना हुँदा कसरी उद्धारको कार्य गर्नेबारे अभ्यासमार्फत देखाइएको महानगरका विपद् व्यवस्थापन विभाग प्रमुख देवेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।
काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस, उपत्यकाका अग्नि नियन्त्रकसहित विभिन्न संघ, संस्थाको संयुक्त सहभागितामा अग्नि निवारण तथा सडक दुर्घटना उद्धारसम्बन्धी सामूहिक कृत्रिम प्रतिकार्य अभ्यास कार्यक्रम भएको हो ।