काठमाडौं । शंखरापुर नगरपालिकास्थित साँखुमा मनाइने बज्रयोगनीको जात्रा आजदेखि सुरु भएसँगै रौनक छाएको छ। हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिनदेखि साँखुमा आठ दिन लामो जात्रा मनाइन्छ ।
साँखुको बज्रयोगिनी मन्दिरबाट म्हासुखुवामाजु (पहेंलो अनुहार भएको देवी) चिभा धाः (स्तुपा) बाघ र बाघिनीको मूर्ति खटमा राखी नगर परिक्रमा गरिन्छ । मल्लकालदेखि सुरु गरेको यो जात्रा हेर्न विभिन्न ठाउँबाट मानिसहरू आउने गर्छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९ १८:२९
प्रतिक्रिया दिनुहोस्