काठमाडौं । अमेरिकाले अक्टोबर ५ देखि सन् २०२४ का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको आवेदन खुला गरेको छ । डीभी खुलेलगत्तै अमेरिका उड्ने सपना बोकेका नेपालीहरूले आवेदन दिइरहेका छन् ।
डीभीको आवेदन आफैँ दिन सकिन्छ । तर, डीभी भर्ने केन्द्रहरूबाट आवेदन दिँदा पर्ने सम्भावना बढी हुने भ्रमले मान्छेहरू डीभी भर्ने केन्द्रहरूमा ओइरिएका देखिन्छन् ।
काठमाडौं उपत्यकासहित देशभर फोटो स्टुडियोदेखि, इलेक्ट्रोनिक पसल, साइबर पसलहरूमा डीभी भर्नेहरूको भिड छ । बिहीबार न्युरोड क्षेत्रमा पनि डीभी भर्नेको लाइन देखिन्थ्यो । उनीहरू बिहानैदेखि लाइनमा बसेर पालो कुरिरहेका थिए ।
डीभी आगामी ८ नोभेम्बरसम्म भर्न पाइन्छ ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी