काठमाडौं । आज बुद्ध पूर्णिमाको दिन देशभरका किराँत समुदायले उभौली पर्व मनाएका छन् ।
किराँत समुदायले ऋतु परिवर्तन हुने समयको रूपमा पनि उभौली पर्व मनाउने गर्दछन् । किरात समुदायभित्रमा विभिन्न जातिले मनाउने यस पर्वलाई साकेला पर्व पनि भन्ने गरिन्छ ।
आज ललितपुरको महालक्ष्मी स्थानमा किरात समुदायले चण्डी नाच नाचेर उभौली पर्व मनाए । किरात समुदायले बालीनाली रोप्ने समयलाई उभौली भन्ने गर्दछन् । बाली भित्रयाउने समयलाई उधौली भने गरिन्छ ।
उभौलीको समयमा किरात समुदायले सबैको अन्नबाली राम्रो होस्, पृथ्वीमा कतैपनि आन्नको कमी नहोस् भने धर्तीको पूजा गर्ने गर्दा छ ।
साथै यस पर्वमा अन्नबालीको रक्षाका लागि हावा पानी प्रकृति लगाएको पूजा गर्ने गरिन्छ ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी