site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
नागपोखरीमा यसरी मनाइयो नागपञ्चमी (तस्बिरहरू)

काठमाडौं । काठमाडौंसहित देशभर आज नागपञ्चमी मनाइँदै छ । घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइन्छ ।

नागमन्दिर तथा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाइन्छ । मंगलबार काठमाडौं उपत्यकामा भक्तपुरको नागपोखरी, काठमाडौंको नक्सालस्थित नागपोखरी,सुन्धारा, टौदह, ललितपुरको नागदहसहित स्थानमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । 

नागपञ्चमी पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । आज नागको पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने तथा अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वास छ ।

हेर्नुहोस् तस्बिरहरू

Nagpanchami-(5)-1753770487.jpg

Nagpanchami-(6)-1753770487.jpg

Nagpanchami-(7)-1753770487.jpg

Nagpanchami-(9)-1753770487.jpg

Nagpanchami-(1)-1753770486.jpg

Nagpanchami-(2)-1753770486.jpg

Nagpanchami-(3)-1753770486.jpg

Nagpanchami-(4)-1753770486.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्