
काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुटेर सडकमा भ्वाङ परेपछि काठमाडौंको थापाथली चोकबाट प्रसूति गृहतर्फको सडक बन्द छ । खानेपानीको पाइप फुटेपछि थापाथलीबाट उत्तरतर्फ रहेका परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र नर्भिक इन्टरनेसनल हस्पिटलतर्फ जाने सकड अवरुद्ध भएको हो ।
मंगलबार बिहानदेखि नै सडक अवरुद्ध भएपछि अस्पताल आउजाउ गर्ने बिरामीलाई सास्ती भएको छ । विशेषगरी, प्रसूति गृहमा सेवा लिन पुगेका गर्भवती, सुत्केरी तथा बिरामी मारमा परेका छन् । बबरमहल र धोबीखोला करिडोरतर्फबाट भने अस्पतालसम्म पुग्न सवारी साधन सञ्चालन भइरहेका छन् ।
अहिले डोजर लगाएर सडकको मर्मत भइरहेको छ ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१ १३:२७
प्रतिक्रिया दिनुहोस्