-1740544355.jpg)
काठमाडौं । आज महाशिवरात्री पर्व । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले महादेवको पूजाआराधना गरी मनाउँदै छन् । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरूको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरमा दर्शनार्थीहरूको घुइँचो छ ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । भक्तजनहरू रातभर जाग्राम बसी बिहान पूजा गर्न पशुपति पुगेका थिए । आज भक्तजनहरूका लागि पशुपतिको ढोका बिहान २ः३० बजे खुलेको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ १०:२०
प्रतिक्रिया दिनुहोस्