![नेविसंघको प्रदर्शन : रोजगार त दिएनौ, बोल्न त देऊ सरकार (तस्बिरहरू)](https://12khari.top/uploads/posts/NSU-Protest-(7)-1739358421.jpg)
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सामाजिक सञ्जाल विधेयकमा रहेका प्रावधानको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने गरी सरकारले सामाजिक सञ्जालविधेयक ल्याएको भन्दै नेविसंघले बुधबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।
उनीहरूले टाउको र हातमा पट्टी बाँधेर सांकेतिक विरोध गरेका थिए । प्रदर्शनमा सहभागीहरूले 'नियमन चाहिएको हो, नियन्त्रण होइन', 'रोजगार त दिएनौ, बोल्न त देऊ सरकार', 'स्वतन्त्रताको सुरक्षा अभिव्यक्तिको अधिकार', 'प्रश्नसँग डराएको सरकार', 'कांग्रेसको एक तारा हराएको सूचना'लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको भन्दै प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । विधेयक नसच्चाएसम्म आन्दोलन जारी रहने नेविसंघको भनाइ छ ।
हेर्नुहोस् तस्बिरहरू