
काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुटेपछि बबरमहल क्षेत्र अस्तव्यस्त बनेको छ । बिजुलीबजारबाट बबरमहलसम्मको बायाँतर्फको ट्रयाक पूर्णरूपमा बन्द भएको छ ।
यस्तै, विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवनको भुइँतला पानीले डुबाएको छ । बाढीका कारण विशेष अदालतको प्रशासनिक भवनको भुइँतला जलमग्न भएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
“भुइँतला जलमग्न भएको छ । हामी अहिले माथिल्लो तलामा छौँ,” रेग्मीले बाह्रखरीसँग भने, “कागजपत्र सकेसम्म जोगाउने प्रयास गरिरहेका छौँ ।”
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १५:१९
प्रतिक्रिया दिनुहोस्