
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर तापक्रम बढिरहेको छ । तापक्रम बढेसँगै विस्तारै गर्मी हुन थालेको छ । तर, तराई क्षेत्रको पारदर्शिता (भिजिबिलीटी) बढ्न सकेको छैन ।
बुधबार काठमाडौंको आकास भने केही खुलेको छ । अपराह्नतिर काठमाडौंबाट हिमाल टल्किएका दृश्यहरू देखिएका छन् ।
सामान्यतया प्रदूषणका कारण काठमाडौंको पारदर्शिता त्यति राम्रो हुँदैन ।
थप तस्बिरमा हेर्नुहोस्
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ १४:२६
प्रतिक्रिया दिनुहोस्