काठमाडौं । दरबारमार्ग क्षेत्रमा स्टेज निर्माण गरिँदै छ । भोलि (बिहीबार) संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजना हुने 'नेसनल डे कन्सर्ट'का लागि स्टेज निर्माण गर्न लागिएको हो ।
सरकारले बिहीबार संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्दै छ । सरकारकै अगुवाइमा बिहीबार अपराह्न नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गरिँदै छ ।
स्टेज निर्माणको कामका लागि दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।
हेर्नुहोस् तस्बिरहरू :
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी