site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
जब सुमनाको नियमापत्तिपछि फोन गरेर बोलाइयो सांसद... (तस्बिरहरू)

काठमाडौं । ‘हाजिर गर्ने, टाप कस्ने’ आरोप सांसदहरूले झेल्दै आएका छन् । संसद्‌मा सांसदहरूको उपस्थितिबारे प्रश्न उठिरहेकै हुन्छ । सोमबार प्रतिनिधिसभाको बैठकमा विश्वविद्यालय विधेयक छलफलका लागि निर्णयार्थ पेस गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाइन् ।

Parliament-(29)-1725881257.jpgशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई प्रस्ताव राख्न जानेक्रममै सुमनाले उभिएर आपत्ति जनाएकी थिइन् । सभामुख देवराज घिमिरेले प्रस्ताव नै पेस नभएकाले सुमनालाई पर्खन आग्रह गरेका थिए ।

त्यसपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी छलफल गरियोस् भन्ने प्रस्ताव राखेकी थिइन् । सोही प्रस्ताव निर्णयार्थ पेस गर्ने क्रममा श्रेष्ठले गणपूरक संख्या नपुगेको भन्दै प्रश्न उठाइन् ।

Dabur Nepal
NIC Asia

संविधानको धारा ९४ अनुसार कुनै प्रस्ताव वा प्रश्न निर्णयार्थ पेस गर्न एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । 

श्रेष्ठले प्रश्न उठाएपछि सभामुख घिमिरेले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिएका थिए । 

Devraj-Ghimire-1725881255.jpgत्यसपछि सत्तारूढ सांसदहरूले फोन गरेर बाहिर रहेका सांसदलाई बैठक कक्षमा आउन आग्रह गरेका थिए ।
तीन मिनेट घण्टी बजाउँदा ८५ सदस्य उपस्थित भएको सभामुख घिमिरेले जानकारी गराए । उक्त प्रस्ताव निणायर्थ पेस हुन ६९ सांसद आवश्यक पर्ने घिमिरले जानकारी दिए । गणपूरक संख्या पुगेपछि उक्त प्रस्ताव स्वीकृत भएको थियो । त्यसपछि छलफल गरी विश्वविद्यालय विधेयक पारित भएको छ ।

Parliament-(18)-1725881264.jpg

Parliament-(17)-1725881264.jpg

Parliament-(16)-1725881263.jpg

Parliament-(15)-1725881263.jpg

Parliament-(11)-1725881261.jpg

Parliament-(12)-1725881262.jpg

Parliament-(13)-1725881262.jpg

 

Parliament-(7)-1725881260.jpg

Parliament-(10)-1725881261.jpg

Parliament-(9)-1725881261.jpg

Raghuji-Panta-1725881873.jpg
 

Parliament-(8)-1725881260.jpg

Parliament-(2)-1725881259.jpg

Parliament-(4)-1725881259.jpg

Parliament-(3)-1725881259.jpg

Bidhya-Bhattae-1725881256.jpg

Parliament-(1)-1725881258.jpg

Parliament-(31)-1725881258.jpg

Parliament-(5)-1725881259.jpg

Sumana-Shrestha-1725881256.jpg

Parliament-(30)-1725881257.jpg

Devraj-Ghimire-1725881255.jpg

Bidhya-Bhattarai-1725881255.jpg

Parliament-(24)-1725881255.jpg

Parliament-(21)-1725881254.jpg

Parliament-(22)-1725881254.jpg

Parliament-(19)-1725881253.jpg

Parliament-(20)-1725881253.jpg

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १७:१८
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home