-1722928334.jpg)
काठमाडौं । वर्षासँगै नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढेको छ । काठमाडौं उपत्यकाका नदीतटीय क्षेत्रमा ‘अति उच्च सतर्कता’ अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
वाग्मती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु, बल्खुलगायत साना नदीमा जलसतह बढेको छ ।
वाग्मती नदीमा पानीको बहाव उच्च छ । नदी आसपासका सुकुम्बासी बस्ती डुबानको जोखिममा छन् । खोला उर्लिँदा बल्खु तरकारी बजार डुबानमा परेको छ ।
तस्बिरहरू हेर्नोस्
बल्खु तरकारी बजारमा बाढी ।
तस्बिरहरू : बाह्रखरी
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १२:५७
प्रतिक्रिया दिनुहोस्