-1722788782.jpg)
काठमाडौं । वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ । रातो मछिन्द्रनाथलाई खटमा राखेर बुङमतीस्थिति मछिन्द्रनाथको मन्दिर पुर्याइएको हो ।
सांस्कृतिक बाजासँगै गुर्जुपल्टनसहित रातो मच्छिन्द्रनाथलाई बुङमती लगिएको थियो । बुङमती लग्ने क्रममा स्थानीयले छुवाली बालेर रातो मच्छिन्द्रनाथको स्वागत गरेको थिए ।
अब मछिन्द्रनाथलाई ६ महिनासम्म बुङमतीस्थिच मन्दिरमा राखिन्छ । त्यसपछि ललितपुरको मछिन्द्र बहालमा रहेको मछिन्द्रनाथको मन्दिरमा लगिन्छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१ २२:१४
प्रतिक्रिया दिनुहोस्