site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
जावलाखेल पुर्‍याइयो रातो मत्स्येन्द्रनाथको रथ (तस्बिरहरू)

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको छ । बिहीबार ललितपुर लगनखेलस्थित थतिटोलबाट रथलाई जावलाखेल पुर्‍याइएको हो ।

रथलाई जावलाखेल लग्ने क्रममा जीवित देवी कुमारीको पनि उपस्थिति थियो । अब चार दिनपछि राष्ट्र प्रमुखको उपस्थितिमा जावलाखेलमा भोटो जात्रा देखाइन्छ । त्यसपछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमतीस्थित मच्छिन्द्रनाथको मन्दिरमा पुर्‍याएपछि जात्रा सम्पन्न हुन्छ ।

ratomachindranath-(13)-1722523327.jpg
 

Dabur Nepal
NIC Asia

सातगाउँमा सतुंगल, नैकाप, मत्स्येगाउँ, पाँगा, न गाउँ, बोसी गाउँ र कीर्तिपुर छन् । परम्परागत बाजा, झाँकिसहित रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ ।

गत वैशाख २७ गते बिहीबार रातो मत्स्येन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहण गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा सुरु भएको थियो । रातो मत्स्येन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवतरूपमा सुरु भएको थियो ।

ratomachindranath-(11)-1722523326.jpg
 

रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाएर समापन गर्ने गरिन्छ । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो ।

करिब १६०० वर्षअघि सुरु भएको मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।

ratomachindranath-(12)-1722523326.jpg

ratomachindranath-(9)-1722523323.jpg

ratomachindranath-(10)-1722523324.jpg

ratomachindranath-(8)-1722523322.jpg

ratomachindranath-(7)-1722523321.jpg

ratomachindranath-(6)-1722523320.jpg

ratomachindranath-(4)-1722523318.jpg

ratomachindranath-(5)-1722523319.jpg

ratomachindranath-(2)-1722523317.jpg

ratomachindranath-(3)-1722523317.jpg

ratomachindranath-(1)-1722523316.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  २०:३०
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC