काठमाडौं । काठमाडौं उपत्यकामा गएराति भारी वर्षा भएको छ । राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको थियो ।
भारी वर्षाका कारण वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत बाढी आएको थियो । बाढीले नदी किनारका बस्ती डुबानमा परेका छन् ।
बिहानबाट पानी रहे पनि राति आएको बाढीको प्रभाव नदी तथा खोला किनारमा अहिलेसम्म देखिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ १०:४९
प्रतिक्रिया दिनुहोस्