-1716215784.jpg)
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गर्दै राँके जुलुस निकालेको छ ।
सोमबार साँझ तरुण दलका नेता कार्यकर्ताहरूले काठमाडौंस्थित बत्तीसपुतलीमा राँके जुलुस निकालेका हुन् । उनीहरूले गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।
उनीहरूले संसदीय छानबिन समिति गठन हुनुपर्ने, गिरीबन्धु चिया बगानको जग्गाको विषयमा छानबिन हुनुपर्नेसहितका माग राखेका थिए ।
हेर्नुहोस् तस्बिरहरू :
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ २०:२८
प्रतिक्रिया दिनुहोस्