site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सन्दीपले सफाइ पाउँदा घन्कियो पन्चेबाजा (तस्बिरहरू)

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका सन्दीप लामिछानेले बुधबार उच्च अदालत पाटनबाट सफाइ पाए । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले मंगलबारदेखि सुनुवाइ थालेर बुधबार फैसला सुनाएको हो ।

सन्दीपका समर्थकहरू मंगलबार पनि साँझैसम्म अदालत परिसरमा थिए । तर, इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेपछि उनीहरू निराश भएर फर्किएका थिए ।

आज पनि उनीहरू उच्च अदालत परिसरमा बिहानैदेखि भेला भएका थिए । ठूलो संख्यामा सन्दीपका समर्थक भेला हुन थालेपछि सम्भावित दुर्घटनालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

तर, बुधबार अपराह्नतिर अदालतले‍ सन्दीपको पक्षमा फैसला सुनायो । फैसला आउनबित्तिकै सन्दीपका समर्थकहरू बाजागाजासहित खुसियाली मनाउन थाले । पन्चेबाजासहित आएका उनीहरूले नाचगान गरेर खुसी साँटे ।

उनीहरूले सन्दीपको पक्षमा विभिन्न नारा पनि लगाएका थिए ।

Global Ime bank

तस्बिरमा हेर्नुहोस्

Sandeep-Lamichhane-(5)-1715770718.jpg

Sandeep-Lamichhane--(13)-1715770490.jpg

Sandeep-Lamichhane--(15)-1715770493.jpg

Sandeep-Lamichhane--(8)-1715770480.jpg

Sandeep-Lamichhane--(2)-1715774128.jpg

Sandeep-Lamichhane--(1)-1715774128.jpg

Sandeep-Lamichhane--(3)-1715774129.jpg

Sandeep-Lamichhane-1715775614.jpg

Sandeep-Lamichhane--(1)-1715776504.jpg

Sandeep-Lamichhane--(2)-1715776504.jpg

Sandeep-Lamichhane--(4)-1715776505.jpg

Sandeep-Lamichhane--(3)-1715776505.jpg

Sandeep-Lamichhane--(6)-1715776507.jpg

Sandeep-Lamichhane--(5)-1715776506.jpg

Sandeep-Lamichhane--(8)-1715776508.jpg

Sandeep-Lamichhane--(7)-1715776508.jpg

Sandeep-Lamichhane--(10)-1715776509.jpg

Sandeep-Lamichhane--(9)-1715776509.jpg

Sandeep-Lamichhane--(11)-1715776510.jpg

Sandeep-Lamichhane--(12)-1715776511.jpg

Sandeep-Lamichhane--(13)-1715776513.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १८:४६
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home