-1715774131.jpg)
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएपछि उनका समर्थकहरूले बाजागाजासहित खुसियाली मनाएका छन् । उच्च अदालत परिसरमा बिहानैदेखि भेला भएका समर्थकहरूले फैसला आएलगत्तै खुसियाली मनाएका हुन् ।
उनीहरूले सन्दीपको पक्षमा विभिन्न नारा पनि लगाइरहेका छन् ।
अदालत परिसरमा बिहानैदेखि ठूलो संख्यामा सन्दीपका समर्थकहरू उपस्थित थिए । सम्भावित दुर्घटनालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
थप तस्बिरमा हेर्नुहोस्
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ १७:४५
प्रतिक्रिया दिनुहोस्