![सुरु भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा (तस्बिरहरू)](https://12khari.top/uploads/posts/Seto-Machhindranath--(8)-1713273034.jpg)
काठमाडौं । आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । काठमाडौंको जनबहालबाट सेतो मच्छिन्द्रनाथको मूर्ति खटमा राखेर बाजागाजासहित दरबारमार्गस्थित तीनधारा पाठशाला बाहिर तयार गरेको रथमा राखी विधिवत्रूपमा रथयात्रा सुरु गरिएको हो ।
पहिलो दिन आज रथ असन बजारमा राखिनेछ । दोस्रो दिन असनबाट हनुमानढोका र तेस्रो दिन लगन टोल पुर्याइनेछ । अन्तिम दिन लगनमा रहेको मन्दिरको परिक्रमा गरी फेरि खटमा राखी मन्दिर लग्ने चलन छ ।
आज रथयात्राको पहिलो दिन काठमाडौंका मेयर बालेन शाहसहित उपमेयर सुनिता डंगोल पनि सहभागी थिए ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१ १९:०६
प्रतिक्रिया दिनुहोस्