काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत बन्दसत्र जारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको हलमा मंगलबारदेखि बन्दसत्र सुरु भएको हो ।
बन्दसत्रको सुरुआतमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव वाचन गरे । आजै महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव पेस गर्नेछन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, अर्थमन्त्री समेत रहेका प्रवक्ता प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्नेछन् ।
सोमबार उद्घाटन गरिएको महासमिति बैठक यही फागुन १० गतेसम्म चल्नेछ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० १२:३१
प्रतिक्रिया दिनुहोस्