काठमाडौं । माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएको विरोधमा माइतीघरमै प्रदर्शन भएको छ । डा. गोविन्द केसी, नारायण वाग्लेसहितका सामाजिक अभियन्ताहरू निषेधित क्षेत्र घोषणाविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरूले निषेधित क्षेत्र घोषणाको निर्णय फिर्ता लिन माग गरेका छन् ।
प्रदर्शनकारीहरूले 'निषेधित लोकतन्त्र चाहिँदन, लोकतन्त्र जिन्दावाद, सत्ता तिम्रो हो भने सडक मेरो हो, माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर'सहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: बुधबार, माघ ३, २०८० १७:३३
प्रतिक्रिया दिनुहोस्