काठमाडौं । नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठ नजिकिएसँगै बजारमा चहलपहल निकै बढेको छ । अरू बेला सुनसान हुने बजार अहिले भिडमय बनेको छ ।
काठमाडौंका मुख्य बजार क्षेत्रमा अहिले किनमेल गर्नेहरूको थामिनसक्नुको भिड देखिन्छ ।
आइतबार बाह्रखरीका फोटो पत्रकार हरिशजंग क्षेत्रीले काठमाडौंको खिचापोखरी, न्युरोड, ताम्राकार हाउस, आरबी कम्प्लेक्सका क्षेत्रमा पुगेर तस्बिरहरू कैद गरेका छन् ।
आजदेखि दसैँ सुरु भएको छ । पहिलो दिन आज जमारा राखिएको छ ।
हेरौँ तस्बिरहरू
प्रकाशित मिति: आइतबार, असोज २८, २०८० २१:४७
प्रतिक्रिया दिनुहोस्