site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
तस्बिरमा हेर्नुहोस् नेपाल र लाओसबीचको खेल

काठमाडौं । अन्जन विष्टले नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेपछि फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको छ ।  

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा लाओसका कप्तान बोउनफचान बोउन्कोङले गोल गर्दै पाहुना टिमलाई सुरुआती अग्रता दिलाएका थिए । 

Nepal-vs-Laos-(33)-1697119800.jpg

Dabur Nepal
NIC Asia

बोउन्कोङले ३३औँ मिनेटमा गोल गर्दै लाओसलाई अग्रतामा राखेका थिए । मैदानको मध्यभागमा आयुश घलानले नेपाली मिडफिल्डरलाई उपलब्ध गराएको बल खोस्दै बोउन्कोङले रक्षक अनन्त तामाङ र मनिष डाँगीलाई बिट गर्दै गोल गरे । 

यही गोलमा लाओसले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । पहिलो हाफमा कुनै गतिलो आक्रमण बुन्न नसकेको नेपाल दोस्रो हाफमा भने सुरुआतदेखि नै आक्रामक बनेको थियो ।

दोस्रो हाफको सुरुआतमै अन्जनको गोलबाट नेपाल खेलमा फर्कियो । ४८औँ मिनेटमा एरिक विष्टको कर्नरमा अन्जनले हेडर गोल गर्दै नेपाललाई ११ हजार २३५ दर्शकमाझ खेलमा फर्काएका हुन् । 

Nepal-vs-Laos-(31)-1697119799.jpg

 

यो गोलसँगै अन्जनले नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरे । नेपालबाट १३औँ गोल गरेका अन्जनले हरि खड्का र निराजन रायमाझीको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

Nepal-vs-Laos-(34)-1697119800.jpg

खेलको इन्जुरी समयमा मुख्य रेफ्री निभोन रोबेश गामिनीसँग मैदानभित्रै पुगेर विवादमा उत्रिएपछि लाओसका मुख्य प्रशिक्षकले सोझै रातो कार्डको दर्शन गर्दै 'टेक्निकल लाइन' छोडेका थिए । 

अब छनोटको दोस्रो लेगका लागि नेपाली टिम लाओस जाने छ । छनोटको दोस्रो लेग असोज ३० गते हुने छ ।

Nepal-vs-Laos-(5)-1697119582.jpg

Nepal-vs-Laos-(6)-1697119582.jpg

Nepal-vs-Laos-(3)-1697119580.jpg

Nepal-vs-Laos-(4)-1697119580.jpg

Nepal-vs-Laos-(1)-1697119579.jpg

Nepal-vs-Laos-(2)-1697119579.jpg

Nepal-vs-Laos-(19)-1697119659.jpg

Nepal-vs-Laos-(20)-1697119659.jpg

Nepal-vs-Laos-(17)-1697119657.jpg

Nepal-vs-Laos-(18)-1697119657.jpg

Nepal-vs-Laos-(15)-1697119655.jpg

Nepal-vs-Laos-(16)-1697119655.jpg

Nepal-vs-Laos-(13)-1697119653.jpg

Nepal-vs-Laos-(14)-1697119653.jpg

Nepal-vs-Laos-(12)-1697119652.jpg

Nepal-vs-Laos-(11)-1697119652.jpg

Nepal-vs-Laos-(32)-1697119799.jpg

Nepal-vs-Laos-(29)-1697119798.jpg

Nepal-vs-Laos-(30)-1697119798.jpg

Nepal-vs-Laos-(27)-1697119797.jpg

Nepal-vs-Laos-(28)-1697119797.jpg

Nepal-vs-Laos-(25)-1697119796.jpg

Nepal-vs-Laos-(26)-1697119796.jpg

Nepal-vs-Laos-(23)-1697119795.jpg

Nepal-vs-Laos-(24)-1697119795.jpg

Nepal-vs-Laos-(21)-1697119794.jpg

 

 

तस्बिरहरू : सुनिल प्रधान र हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २०:०३
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home