site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षा विधेयकबारे अनेरास्ववियूले गर्‍यो सडक अन्तरक्रिया (तस्बिरहरू)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रस्तावित शिक्षा विधेयकबारे सडक अन्तरक्रिया गरेको छ । आइतबार अनेरास्ववियूले काठमाडौंको आरआर क्याम्पसअगाडिको सडकमा विधेयकबारे अन्तरक्रिया गरेको हो ।

भदौ २७ गते संसद्‌मा दर्ता गरिएको विधेयकको पक्ष–विपक्षमा चर्चा भइरहेको छ । कतिपयले विधेयकको समर्थन गरेका छन् भने कति सडक आन्दोलनमै उत्रिएका छन् ।

Shikshya-Bidhyek-(9)-1694953738.jpg

KFC Island Ad
NIC Asia

यस्तो अवस्थामा अनेरास्ववियूले विधेयकबारे अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा शिक्षा क्षेत्रका सरोकारवालाले विधेयक हुबहु कार्यान्वयनमा ल्याए नेपालको समग्र शिक्षा क्षेत्र नै संकटमा पर्न सक्ने धारणा राखे ।

Shikshya-Bidhyek-(8)-1694953736.jpg

Royal Enfield Island Ad

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विधेयकले निजी र सार्वजनिक शिक्षाबीचको असमानता हल गर्ने ठोस उपाय निकाल्न नसक्ने तर्क गरे । सहरका निजी विद्यालयमा ५० देखि ७० प्रतिशत जनताका छोराछोरी पढ्ने गरेको उल्लेख गर्दै कोइरालाले बालबालिकाको स्तर मापन हुने गरी शिक्षा प्रदान गर्न नसकिएको बताए । 

Bidyanath-Koirala-1694953725.jpg

सरकारी शिक्षा कमजोर हुनुमा शिक्षककै कमजोरी रहेको र शिक्षकहरूले आफूलाई समयानुकूल अपडेट गर्न नसकेको बताउँदै फेरि पनि शिक्षकलाई नै मारमा पारेर शिक्षा क्षेत्र नसुध्रिने कोइरालाले बताए । 

पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले विद्यालय शिक्षा विधेयकलाई संशोधन गरेर मात्रै पास गर्नुपर्ने बताए । विधेयकका केही दफाहरूमा गरिएको व्यवस्था शिक्षक र विद्यार्थी समुदायको हितविपरीत रहेको उनको तर्क छ । 

Shikshya-Bidhyek-(4)-1694953730.jpg

अनेरास्ववियूकी अध्यक्ष आरती लामाको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता सुरज सेजुवाल, अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष नरेन्द्र सी र समाजवादी विद्यार्थी युनियनका महासचिव प्रकाश चाम्लिङ राईले विधेयकबारे धारणा राखेको अनेरास्ववियूका केन्द्रीय कार्यालय सदस्य नरेश न्यौपानेले जानकारी दिए ।

Shikshya-Bidhyek-(3)-1694953728.jpg

Shikshya-Bidhyek-(2)-1694953727.jpg

Shikshya-Bidhyek-(10)-1694953722.jpg

Shikshya-Bidhyek-(5)-1694953731.jpg

Shikshya-Bidhyek-(6)-1694953733.jpg

Shikshya-Bidhyek-(7)-1694953735.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:१५
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC