काठमाडौं । एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ३७.५ ओभरमा ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको हो ।
३७.५ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह एरी २७ र सोमपाल कामी ११ रनमा खेलिरहेका छन् ।
पहिलोपटक भारतसँग भइरहेको खेल हेर्न नेपाली समर्थक श्रीलंका पुगेका छन् । सुरुमा ब्याटिङको निम्तो पाएको नेपालको प्रदर्शनदेखि नेपाली समर्थकहरू खुसी देखिन्छन् ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : क्यान
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १८:३५
प्रतिक्रिया दिनुहोस्