काठमाडौ । आइतबार साँझ बूढानीलकण्ठ नगरपालिका–१० स्थित साततले चोक नजिकैको खहरे खोला उर्लिंखा केहीबेर आवतजावत प्रभावित बन्यो ।
शिवपुरी जंगल क्षेत्रमा परेको वर्षाका कारण खोलामा पानी सतह बढेको थियो । जसले गर्दा केही समय सवारीसाधन चल्न सकेनन् । पैदल यात्रुहरूलाई पनि सास्ती भएको थियो ।
तर, केहीले भने जोखिम मोलेरै सवारी साधन ओहोरदोहोर गराएका थिए ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: आइतबार, असार १०, २०८० २३:२४
प्रतिक्रिया दिनुहोस्